२०८१ आश्विन २१ गते, सोमबार ०९:११
  • होटललाई उद्योगसरहको मान्यता दिने तयारी भइरहेको छ : पौडेल

    काठमाडौँ -उप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पोडेलले होटललाई उद्योगसरहको मान्यता दिने तयारी भइरहेको बताएका छन्। शुक्रबार क्यापिटल नेपालले आयोजना गरेको होटलियर समिट–२०२४ को कार्यक्रममा उनले होटललाई उद्योग सहको सुविधा उपलब्ध गराउन सरकार तयार रहेको बताएका हुन्।

    पौडेलले बजेटमा होटललाई उद्योग सरहको सेवा सुविधा दिने विषय उठाएको जानकारी दिए। ‘सरकारले होटललाई उद्योग सरहको मान्यता दिन्छ। उद्योग सरहको मान्यता र सुविधा के–के हो भन्ने विषय बुझेर छलफल गरेर हामीले काम गर्ने छौं,’ उनले भने । पौडेलले सरकारी जग्गा निजी क्षेत्रलाई भाडामा दिएर होटल व्यवसाय बनाउने विषयमा सरकारले सोचेको उल्लेख गरे। उनले पर्यटन क्षेत्रको विकासमा सरकारी जग्गा प्रयोग गर्न सकिने बताएका हुन्।

    त्यसबाहेक नेपाललाई खेलकुद पर्यटनसँग पनि जोड्ने सकिने पौडेलको भनाइ छ। ‘नेपालको उच्च भू–भागमा खेलखेलाउन सके ‘हाइ अल्टिच्यूट’मा खेल्ने खेलाडी उत्पादन हुन्छन् र अर्को हिमाली क्षेत्रको पर्यटन व्यवसाय बढ्छ।’ उनले भने।