२०८१ आश्विन २१ गते, सोमबार ०९:१२
  • हिउँदे अधिवेशनमा मन्त्रालयसँग सम्बन्धी विधेयकहरु प्रस्तुत हुने छन्ः पर्यटनमन्त्री पाण्डे


    काठमाडौं–संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डे संसदको हिउँदे अधिवेशनबाट मन्त्रालय सम्बद्ध ऐनहरु संशोधन हुने बताएका छन्।

    नेपाल पर्वतारोहण संघको ३४ औं वार्षिक सधारण सभालाई मंगलबार सम्बोधन गर्दै मन्त्री पाण्डे हाल संसद अधिवेशन अन्त्य भएकाले आगामी हिउँदे अधिवेसन अगावै ऐनहरुलाई मूर्त रुप दिने काम हुने जानकारी दिए।“हिजो मात्रै संसदको अधिवेशन अन्त्य भएको छ। हामीले पर्यटन, संस्कृति, हवाई उड्यन, लगायतका नीतिहरु परिमार्जन गर्न खोजिरहेका छौं। संसदको हिउँदे अधिवेशन सुरु हुनु अगावै नीतिलाई अन्तिम रुप दिने छौं।” उनले भने।

    मन्त्री पाण्डेले नेपाल पर्वतारोहण सम्बन्धी ऐनमा के कहाँ परिमार्जन गर्न सकिन्छ त्यसबारे सुझाव दिन समेत आव्हान गर्नु गरेका छन्। उनले नेपाल एयरलाइन्सलाई चलायमान बनाउन जरुरी रहेको समेत बताए। फरक प्रशंगमा बोल्दै मन्त्री पाण्डेले मुलुकको स्थायीत्वका लागि दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउनु परेको दाबी गरे। “नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा उभिनु सहजता पक्कै पनि होइन। यो स्वभाविक पनि छैन। तर स्थीर सरकार चलाउनका लागि एक ठाउँमा उभिएका हौं। यो सरकार ०८४ सम्मै चल्छ।” उनले भने।