२०८१ आश्विन २१ गते, सोमबार ०९:१२
  • विश्व पर्यटन दिवसमा लुम्बिनीका पहिलो पर्यटकलाई स्वागत गरि अन्य बुद्धस्थल घुमाइने

    लुम्बिनी-विश्व पर्यटन दिवसमा लुम्बिनी आउने पहिलो पर्यटकलाई स्वागत गरिने भएको छ। सेप्टेम्बर २७ तारिखमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ। दिवसको अवसरमा शुक्रबार विहान लुम्बिनीको मायादेवी मन्दिर प्रवेश गर्ने पहिलो आन्तरिक, भारतीय र तेस्रो मुलुकका पर्यटकलाई स्वागत र सम्मान गर्न लागिएको हो।

    उनीहरुलाई होटलमा निशुल्क सेवाका साथै रामग्राम, देवदह तिलौराकोट समेत गाइड सहित घुमाइने होटल संघ लुम्बिनीका अध्यक्ष गोविन्द ज्ञवालीले बताए। लुम्बिनी विकास कोष, लुम्बिनी सांस्कृतिक नगरपालिका र होटल संघ लुम्बिनीको संयुक्त आयोजनामा बुद्धजन्मस्थलमा विश्व पर्यटन दिवस मनाउन लागिएको हो। कार्यक्रममा लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्रीसहित विभिन्न व्यक्तीहरु सहभागी हुने छन्।