२०८१ आश्विन २१ गते, सोमबार ०७:०१
  • पर्यटन दिवसको अवसरमा नाट्टाद्वारा रक्तदान

    भैरहवा- विश्व पर्यटन दिवसको अवसरमा नेपाल टुर एण्ड ट्राभल्स एशोसिएन नाट्टा लुम्बिनीले रक्तदान गरेको छ। सिमानाका बेलहियामा रक्तदान कार्यक्रममा नाट्टाका पदाधिकारी, सदस्य तथा पर्यटन व्यवसायीहरुले रक्तदान गरेका थिए।

    कार्यक्रममा पर्यटन डिभिजन कार्यालय रुपन्देहीकी प्रमुख गिता आचार्यले पर्यटन दिवसको अवसरमा गरिएको यो कार्यक्रमले सकारात्मक सन्देश जाने बताइन्। नाट्टा लुम्बिनीकी अध्यक्ष रचना पन्तले रक्तदान गर्नेहरुलाई धन्यवाद व्यक्त गर्दै पर्यटन क्षेत्रलाई सबै मिलेर अघि बढाउनुपर्ने धारणा राखिन्। झरिका बाबजुत पनि १५ जनाले रक्तदान गरेको नाट्टा लुम्बिनीका बरिष्ठ उपाध्यक्ष तथा रक्तदान संयोजक चन्द्र थापाले जानकारी दिए।