२०८१ आश्विन २१ गते, सोमबार ०५:१९
  • थाइ एयर एसियाको काठमाडौं -बैंकक उडान सुरू, भैरहवाबाट कहिले ?

    काठमाडौं -थाइ एयर एसियाले बुधबारबाट काठमाडौं बैंकक उडान सुरु गरेको छ। सातामा चार दिन भैरहवा र तीन दिन काठमाडौंबाट उडानको अनुमती लिएको थियो। तर हालका लागि उसले काठमाडौंमा मात्र नियमित उडान थालेको हो। बुधबार दिउँसो १५६ यात्रु बोकेर एयर एशियाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

    थाइ एयर एशियाले छिट्टै भैरहवाबाट पनि उडान सुरु गर्ने तयारी गरेको नेपाल नागरिक उड्यन प्राधिकरणका सह प्रवक्ता ज्ञानेन्द्र भुलले बताए। ‘नेपालको र थाइल्याण्डको आपसी पर्यटन प्रवद्र्धन गर्न यो वायुसेवा कम्पनीको उडानको महत्वपूर्ण भूमिका छ। थाइएयर एशियाले भैरहवाबाट पनि नियमित उडान सुरु गर्ने छ।’ उनले भने ‘जसले गर्दा बुद्धको जन्मस्थल बुद्धधर्मको पवित्र देश थाइल्याण्डको विचमा कनेक्टीभिटी अझ मजबुद हुने छ भन्ने प्राधिकरणको विश्वास छ।’

    भुलले आगामी विन्टर सेड्युलमा भैरहवा बैंकक नियमित उडान हुने उल्लेख गरे। विन्टर सेड्युल नोभेम्बरबाट सुरु हुने छ।