२०८१ आश्विन २१ गते, सोमबार ०५:१७
  • घटस्थापनादेखि कोजाग्रत पूर्णीमासम्म रात्रिकालीन उडान हुने


    काठमाडौं– बडादसैंको घटस्थापनादेखि पूर्णीमाको दिनसम्म रात्रिकालीन उडान हुने भएको छ। संस्कृति पर्ययटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले हवाई टिकटमा सहजता र भाडामा न्यूनता ल्याउने गरी रात्रीकालीन उडानको व्यवस्था मिलाएको जानकारी दिए । ‘बाढी पहिरो तथा चाडपर्वका कारण सिर्जित बढ्दो हवाई चापलाई सम्बोधन गर्न घटस्थापनादेखि असोज ३० गते पूर्णीमाको दिनसम्म त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थल,गौतमबुद्ध, विमानस्थल र पोखरा विमानस्थल लगायतमा रात्रिकालीन उडानको व्यवस्था मिलाएको छ।’ उनले भने।

    साथै मन्त्री पाण्डेले रात्रीकालिन उडान हुने सम्पूर्ण विमानस्थलमा विहान साढे चार बजेदेखि राति अपरेशनको समयमा आवश्यकता अनुसार उडान हुने उल्लेख गर्नु गरेका छन्।