२०८१ आश्विन २१ गते, सोमबार १७:०९
  • कात्तिक २४ गतेबाट हप्तामा सातै दिन दुबई-भैरहवा उडान हुने

    काठमाडौं-आगामी कात्तिक २४ गतेअर्थात नोभेम्बर ९ बाट फ्लाई दुबईले भैरहवाबाट उडान गर्ने भएको छ। हप्तामा सातै दिन दुबई-भैरहवा काठमाडौँ उडान हुने नेपाल नागरिक उड्यन प्राधिकरणका सह प्रवक्ता ज्ञानेन्द्र भुलले बताए।

    फ्लाई दुबईको जहाज दुबईबाट आएर दिउसो १:४५ मा भैरहवा अवतरण गर्ने उनले जानकारी दिए। भैरहवाबाट २:४५ मा काठमाडौं प्रस्थान गरेर काठमाडौँमा दिउसो ३:३० बजे पुग्ने छ। काठमाडौंबाट ४:३० बजे दुबई उड्ने छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लागि एकतर्फी उडान भएपनि भैरहवाबाट दुबई जानेलाई समेत सहज हुने छ।

    भैरहवाबाट दुबई जान चाहानेले काठमाडौँमा एक घण्टा मात्र ट्रान्जिटमा बसे हुन्छ। फ्लाई दुबई यूएईको राष्ट्रिय ध्वजावाहाज वायुसेवा हो।