भैरहवाबाट जजिरा एयरवेज र फ्लाइ दुबईले उडानको तयारी गर्नु आफ्नौ सय दिनको महत्वपूर्ण उपलब्धी भएको संस्कृती पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले बताएका छन्। जजिराले कात्र्तिक २४ गते र फ्लाइ दुबईले कात्र्तिक २५ गतेदेखी भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान थाल्दैछन्।
वर्तमान सरकार गठन भएको सय दिनको अवधिमा मन्त्रालयबाट भएका प्रमुख उपलब्धिहरुबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री पाण्डेले जजिराले हप्तामा ३ र फ्लाई दुबईले दैनिक एक अन्तर्राष्टिय उडान गर्ने गरि कार्यतालिका स्वीकृत गर्नु महत्वपूर्ण उपलब्धी भएको स्पष्ट पारे। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सहुलियत एवं प्रोत्साहन सहितको कार्ययोजना पछि भैरहवामा दुई एयरलाइन्सले उडान थालेको उनले जानकारी दिए।
पाण्डेले पहिलो एक सय दिनको अवधिमा यी लगायत नगारिक उड््डयन प्रधिकरणलाई अलग गर्ने विधेयक तयार, पर्यटन ऐनको परिमार्जन, पर्यटन नीति तयार जास्ता दुरगामी महत्वका कामहरु भएको बताए। उनले नेपाल नागरिक उड्डटयन प्राधिकरणलाई नियामक र सेवाप्रदायक निकायको रुपमा छुट्याउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, र हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसदमा दर्ता गर्न स्वीकृतिको लागि मन्त्रिपरिषद्मा पेश गरिएको जानकारी दिए। ती विधेयकहरु संसदको आगामी अधिवेशनमा पेश भई परित गर्न पहल हुने पनि स्पष्ट पारे।
पण्डेले नेपाल एयरलाइन्सलाई सुधार गरी लैजान यसको व्यबस्थापनलाई कुन मोडलमा लैजने भन्ने विषयमा गम्भीर छलफल थालिएको तथा नेपालमा पटकपटक भएको हवाई दुर्घटना र त्यस पछि गठित आयोगका अध्ययन प्रतिवेदनले आंैल्याएका विषयका समग्र अध्ययन गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीशको अध्यक्षतामा समिति गठन गरिएको पनि सो अवसरमा बताए। ‘नेपाल एयरलाईन्समा देखिएका समस्याहरुको दीर्घकालीन समस्या समाधान गर्न मन्त्रालयले पहल सुरु गरेको छ।’ उनले भने ‘नेपाल नाागरिक उड्डन क्षेत्रको समष्टिगत अध्ययन एवम् विश्लेषण गरी सुरक्षित भरपर्दाे एवम् विश्वसनिय बनाउन समिति समेत गठन गरी काम अघि बढाइसकेका छौं।’
आन्तरिक वायुसेवाले व्यहोर्नुपर्ने यात्रुको दायित्व तथा वीमालाई समयानुकुल बृद्धि गर्न हवाई यातायात सेवा सञ्चालन संस्थाको दायित्व तथा बीमा व्यवस्था गर्ने विधेयकको मस्यौदा तर्जुमा गरी स्वीकृतिको प्रकृया अघि बढाइएको पाण्डेले बताए। यसको कार्यन्वयनबाट हावई दुर्घटनामा परेका यात्रुका परिवारले पाउने बीमा रकमा उल्लेख्या बृद्धि हुने उल्लेख गरे।
यसैबीच देशका विभिन्न भागमा भएका बाढी र पहिरोबाट उत्पन्न विपद्का बेला मन्त्रालयले यातायात सेवा अवरूद्ध भई अन्तर्राष्ट्रिय उडान छुट्न गएका यात्रुलाई अतिरिक्त शुल्क नलाग्ने गरी टिकटको मिति परिवर्तन गर्न पाउने व्यवस्था मिलाइएको र यसबाट यात्रुलाई सहज भएको उनले जानकारी दिए।
अवरुद्ध सडक सञ्जालहरू सञ्चालनमा नआएसम्म वायु सेवा कम्पनीले स्वीकृत हवाई भाडादरको अधिकतम सीमाको टिकट बिक्री नगर्ने गरी व्यवस्था मिलाइएको मन्त्री पाण्डेले बताए। नेपाल र फ्रान्सबीच सम्पन्न भएको द्विपक्षीय हवाई सेवा संझौता र समझदारी पत्र संशोधन गर्ने कार्य अगाडि बढाइएको, नेपाल र इन्डोनेशिया बीचद्विपक्षीय हवाई सेवा संझौता गर्ने प्रकृया अघि बढाइएको उनले जानकारी दिए। मन्त्रालयले यस अवधिमा सौर्य एअरलाइन्सको वायुयान दुर्घटनाको अनुसन्धान गर्न जाँचबुझ आयोग गठन गरिएको र प्रारम्भिक प्रतिवेदनबाट प्राप्त सुझावहरू कार्यान्वयनका लागि निर्देशन दिएको जनाएको छ । मन्त्री पाण्डेले भने “यस अवधिमा पर्यटन विधेयक, सङ्घीय संसदमा दर्ता गर्न स्वीकृतिको लागि मन्त्रिपरिषद्मादमा पेश गरिएको छ। क्यासिनो नियमावली, स्वीकृतिको लागि मन्त्रिपरिषदमा पेश गरिएको। पर्वतारोहण सम्बन्धी नियमावली, द्दण्छढ संशोधनका लागि मन्त्रिपरिषदमा पेश गरिएको छ ।”
त्यस्तै नेपालका पाँच हजार ८०० देखि छ हजार ५०० सम्म उचाइका थप ५७ हिमाल आरोहणको लागि खुला गरिएको छ। पर्यटन विभागका सेवाहरू (पर्वतारोहण र होटल व्यवस्थापन) लाई अनलाईन प्रणालीमार्फत प्रवाह हुने व्यवस्था मिलाइएको उनले पत्रकारमाझ जानकारी दिए। यस अवधिमा मन्त्रालयले ग्रेट हिमालयन ट्रेलको थप पाँच किमी पदमार्ग निर्माण कार्य सम्पन्न गरिएको, हिमाल आरोहण र पदयात्राको क्रममा विपद् लगायतको अवस्थामा रहेका करिब २०० पर्यटकहरूलाई उद्धार गरिएको जनाएको छ।
यस्तै प्रतिलिपि अधिकार विधेयक, मस्यौदा तर्जुमा गरी सुझावको लागि नीति अनुसन्धान प्रतिष्ठानमा प्रेषित गरिएको, पशुपति क्षेत्र विकास कोष ऐनको संशोधन मस्यौदा तर्जुमा गरिएको, संघीय भाषा विधेयक र सङ्ग्रहालय विधेयक तर्जुमा कार्य अघि बढाइएको मन्त्री पाण्डेले बताए। मन्त्रालयले यस अवधिमा ललितपुरको गुईत टोलको चैत्यबाट हराई अमेरिकामा पुगेको ध्यानी बुद्धको मूर्ति प्रमाण सहित नेपाल फर्काउन कुटनीतिक प्रकृया अघि बढाइएको तथा शंकर किर्ति महाविहार, भगवान वहाल ठमेलबाट चोरी भएको पद्मपाणी लोकेश्वरको मूर्र्ती सोही स्थानमा पुनस्र्थापना गरिएको उनले बताए।