२०८१ मंसिर ७ गते, शुक्रबार ०४:३९
  • हप्तामा ४ दिन निगमको जहाज भैरहवा हुँदै दुबई जाने

    भैरहवा– नेपाल वायुसेवा निगमले यही कात्तिक २३ गतेबाट भैरहवा दुबई उडान थाल्ने भएको छ। निगमको जहाजले काठमाडौं भैरहवा दुबई काठमाडौं हप्तामा ४ उडान गर्न लागेको हो। जस अनुसार आइतबार, सोमबार, बुधबार र शुक्रबार यो रुटमा उडान हुने छ।

    काठमाडौंबाट उडेको जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आएर दुबई जाने नेपाल नागरिक उड्यन प्राधिकरणका सह प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए। ‘निगमको जहाज हप्ताको ४ दिन भैरहवा हुँदै दुबई जाने हो। राती ९ बजे यता काठमाडौंबाट उड्छ।’ उनले भने ‘भोलीपल्ट विहान ९ ४० मा काठमाडौं ल्याण्ड गर्छ।’

    यस अघि निगमको जहाजले क्वालालाम्पुर भैरहवा काठमाडौं हप्तामा एक दिन उडान गर्दै आएको छ। यस्तै कात्र्तिक २४ गतेबाट जजिरा एयरवेज र २५ गतेबाट फ्लाई दुबईले पनि भैरहवाबाट उडान सुरु गर्दैछन्। थाइएयर एशियाले कात्तिक १८ गतेबाट उडान सुरु गरिसकेको छ।