२०८१ कार्तिक ३० गते, शुक्रबार ०७:०५
  • अक्टोवरमा भारतीयकै हाराहारीमा आए अमेरिकी पर्यटक, कुन देशबाट कति ?

    काठमाडौं-गत अक्टोवर महिनामा विदेशी पर्यटकको आगमन १ लाख २४ हजार ३९३ पर्यटक नेपाल आएका छन्। यो २०२३ को अक्टोवर भन्दा झण्डै ८ हजारले बढि हो। अघिल्लो वर्ष यो अवधिमा १ लाख १७ हजार ३०६ पर्यटक आएका थिए। कोभिडको वर्ष भन्दा झण्डै १० हजारले कम हो। सन २०१९ को अक्टोवरमा १ लाख ३४ हजार ९६ पर्यटक नेपाल आएका थिए।

    सबै भन्दा धेरै १६ हजार ३१६ जना भारतीय पर्यटक रहेका छन्। गत महिना भारतीयकै हाराहारीमा अमेरिकी पर्यटक आएका छन्। अक्टोवरमा नेपाल आउने अमेरिकीको संख्या १६ हजार २३ रहेको छ। सन २०२३ को सोही अवधिमा १६ हजार ८७९ अमेरिकी पर्यटक नेपाल आएका थिए। अहिले ७ प्रतिसतले बढेको हो। गत वर्ष अक्टोरको तुलनामा भारतीय पर्यटक भने घटेका छन्। २०२३ को अक्टोवरमा १८ हजार ४४० भारतीय पर्यटक नेपाल आएका थिए।

    यो वर्षको अक्टोवर महिनामा भारत र अमेरिकी पछि चिनीया पर्यटकको संख्या बढि छ। गत महिना ७ हजार ७५० चिनिया नेपाल आएका थिए। त्यस्तै अस्ट्रेलियाबाट ६ हजार ९२९, जर्मनीबाट ६ हजार १८, फ्रान्सबाट ५ हजार ४८५ पर्यटक नेपाल आएको नेपाल पर्यटक बोर्डले जनाएको छ। त्यस्तै बंगालादेशबाट ४ हजार ४७६, श्रीलंकाबाट ३ हजार १२५ र इटलीबाट २ हजार ६३५ पर्यटक आएका छन्।