२०८१ मंसिर ९ गते, आईतवार १४:५६
  • भैरहवाबाट आज एकै दिन ३ वटा अन्तर्राष्ट्रिय उडान हुँदै

    भैरहवा – शनिवार भैरहवाबाट एकैदिन ३ वटा विमान कम्पनीले अन्तराष्ट्रिय उडान गर्दैछन्। विहान जजिरा, दिउसो फ्लाइ दुबई र बेलुका नेपाल एयरलाइन्सले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण गर्दैछन्। जजिराको जहाज कुवेतबाट विहान साढे ७ बजे भैरहवा आइपुग्छ। साढे ८ बजे कुवेत फर्किने कार्यक्रम छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनसँगै जजिराले विगतमा केही महिना उडान गरेको थियो। डेढ वर्ष यता राकिएको उडान जजिराले फेरि सुरु गर्न लागेको हो।

    त्यस्तै फ्लाई दुबइको जहाज दिउसो १२ बजे भैरहवा आउने विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए। यहाँबाट थप यात्रु लिएर काठमाडौं गइ त्यहाँबाट दुबई जाने तालिका छ। अब फ्लाई दुबईको जहाज दिनहु आउने छ।

    शनिवार नै नेपाल एयरलाइन्सको जहाजले काठमाडौं भैरहवा दुवइ उडान गर्ने छ। शुक्रबारदेखी उडान गर्ने तय भएपनि प्राविधिक कारण देखाएर शनिवार सारीएको हो। यस अघि भैरहवाबाट फ्लाई दुबइले अन्तर्राष्ट्रिय उडान सुरु गरिसकेको छ। फ्लाई दुबईको आइतबार र शुक्रबार गरि दुई उडान भइसकेको छ। शुक्रबारको उडानमा ७ जना थाइल्याण्डबाट भैरहवा आएका थिए। यहाँबाट ३२ यात्रु लिएर जहाज गएको थियो।