२०८१ मंसिर ६ गते, बिहीबार २३:२०
  • भैरहवामा एकैदिन ४ अन्तर्राष्ट्रिय उडान, कुन जहाजमा कति यात्रु

    भैरहवा– विहिवार एकै दिन भैरहवामा ४ अन्तर्राष्ट्र्रिय उडान भएको छ। जजिरा एयरवेज, थाइ एयर एशिया, फ्लाइ दुबई र कतार एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भरेका हुन्।

    जजिरा एयरवेजमा १७० यात्रु भैरहवा अवतरण गरेका छन्। १६९ जना कुवेत प्रस्थान गरेका छन्। थाइ एयर एशियाको जहाजमा बैंककबाट ४० यात्रु आएका छन्। ७९ जना भैरहवाबाट प्रस्थान गरेका छन्। त्यसमध्ये ३० जना विदेशी रहेको विमानस्थलका सुचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए।

    फ्लाई दुबईको जहाजमा आएका १४६ जना मध्ये ११ जना मात्र विहिवार भैरहवा अवतरण गरेका छन्। बाँकी १३५ जना काठमाडौँ गएका छन्।

    कतार एयरवेजबाट आएका कोही पनि भैरहवा झरेका छैनन्। दोहाबाट ६७ जना आएकोमा सबै काठमाडौंकै यात्रु हुन् ।