‘चिनको सिचुवानबाट पनि भैरहवामा दैनिक उडान गराउन पर्छ भनेर मैले कुरा राखेको छु’
भैरहवाबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको दुई हप्ता पुगिसकेको छ। ५ वटा विमान कम्पनीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरिरहेका छन्। तर उडानले निरन्तरता पाउने हो होइन आसंका पनि व्यक्त भइरहेका छन्। अहिलेको अन्तराष्ट्रिय उडानलाई निरन्तरता दिन र विमानस्थलमा थप चलहपहल बढाउन प्रदेश सरकारको भूमिका के हुन्छ भन्ने बारेमा हामीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग संक्षिप्त कुराकानी गरेका छौं।
भैरहवाबाट अन्तराष्ट्रिय उडान सुरु भइसकेपछि प्रदेश सरकारको प्रतिक्रिया के छ ?
जतिबेला हामीले पदवहाली गर्यौं। त्यतिबेलै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नुपर्छ भनेर सिंगो मन्त्रीमण्डल नै डेलिगेसन जाने काम भयो। प्रदेश सरकारले पहलकदमी गरिरहेको थियो। पछि संघिय सरकारले त्यो कुरालाई आत्मसाथ गरेर सञ्चालनमा आएको हो। अन्तराष्ट्रिय उडानले बुटवल भैरहवामा मात्र नभई सिंगो लुम्बिनी प्रदेशमा नै उत्साह जगाएको छ। त्यो मानेमा प्रदेश सरकार खुशी नै छ।
केही जहाजहरु आउन थालेको छ। अन्तर्राष्ट्रिय उडान सुरु भएपछि यसलाई निरन्तरता दिन अब प्रदेश सरकार कसरी अघि बढ्छ?
जहाज आएकै निरन्तर टिकाउनको लागि आएको हो। त्यत्तीकै आएको होइन नि।
फेरि उडान रोकिने हो की भन्ने आशंका छ नि, निरन्तर चल्छ भनेर कसरी ढुक्क गराउनुहुन्छ?
चल्छ, अब उडान रोकिँदैन ढुक्क हुनुहोस्।
अन्तर्राष्ट्रिय उडान सुरु भएपछि गौतम बुद्ध विमानस्थलसँगै लुम्बिनीको प्रचार-प्रसार पनि जरुरी हुन्छ। त्यसको लागि प्रदेश सरकारले कसरी भूमिका निर्वाह गर्छ?
भरखर म चिन गएर आएँ। चिनको सिचुवानबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि दैनिक उडान गराउन पर्छ भनेर मैले कुरा राखेको छु। त्यहाँको प्रदेश सरकारले हामीले संघिय सरकारसँग कुरा गरेर अगाडि बढाउँछौं भनेर पनि भनेको छ। अन्तर्राष्ट्रिय फोरमहरुमा हामीले यो कुरा गरिरहेका छौं।
अन्तर्राष्ट्रिय उडान र लुम्बिनीको पर्यटकीय गतिविधि संगसँगै अगाडि बढाउन आवश्यक छ। यसको लागि प्रदेश सरकारको आगामी कार्यक्रम के के छन्?
अब यहाँका पर्यटकीय गन्तव्यहरुलाई प्रवद्र्धन गरेर अघि बढ्ने हो। उडान थप्न प्रदेस सरकार पहल गरिरहने छ। अझै दुई चार वटा जहाजको उडान थपिनुपर्छ भनेर हामी लाग्छौं।