काठमाडौं-नेपाल बायुसेवा निगमले माथिल्लो भाडादरमा अन्तराष्ट्रिय टिकट नबेच्ने जनाएको छ। अन्तर्राष्ट्रिय सेक्टरहरुको इकोनोमी क्लासको माथिल्लो भाडादरमा सर्वसाधारणलाई अन्तराष्ट्रिय टिकट नबेची सो भन्दा तल्लो भाडादरमा मात्र विक्रि गर्ने निर्णय भएको निगमले विज्ञप्ती मार्फत जनाएको छ।
नियमाअनुसार उपलब्ध गराएको दर भन्दा बढि मुनाफा लिएर कालोबजारी गरेको पाइएमा कडा कारवाही गर्ने निगमले चेतावनी दिएको छ।