२०८१ पुष ३ गते, बुधबार १०:१७
  • कम्बोडिया-भैरहवा सिधा उडान गर्न पर्यटनमन्त्री पाण्डेद्वारा समकक्षी बोरिनसमक्ष प्रस्ताव


    काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कम्बोडिया–भैरहवा –कम्बोडिया सिधा उडानको प्रस्ताव गरेका छन्। कम्बोडियाका संस्कृति तथा धार्मिक मामिला मन्त्री चाई बोरिनसँग आइतबार भएको भेटघाटको क्रममा मन्त्री पाण्डेले सिधा उडानको प्रस्ताव गरेका हुन्।

    सरकारले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीलाई दिएको सहुलियतकोबारे समेत उनले जानकारी गराएका थिए। यस्तै दुवै देशका प्रमुख बौद्ध तीर्थस्थलहरूलाई जोड्ने गरी “बौद्ध सर्किट“ को विकास गर्न सकिने पाण्डेले उल्लेख गरे। पर्यटन प्रवर्द्धनका लागि दुवै देशका वीचमा कला, संगीत, र साहित्यमा सहकार्य तथा सांस्कृतिक महोत्सव कार्यक्रमहरु र पर्यटन बोर्डहरूबीच साझेदारी गर्न सकिने विषयामा समेत दुई देशका मन्त्रीबीच छ्लफल भएको थियो।

    यस्तै दुवै देशका युनेस्को विश्व सम्पदा क्षेत्रहरूको संरक्षण र प्रवर्द्धनमा सहकार्यको सम्भावना, सांस्कृतिक समझदारी र सद्भावलाई गहिरो बनाउने उद्देश्यले युवा र शैक्षिक आदानप्रदानका सम्भावना लगायतका विषय छलफल भएको थियो। पारस्परिक पर्यटनलाई प्रोत्साहित गर्न प्रत्यक्ष उडानहरू र भिसा प्रक्रियामा सहजीकरणको आवश्यकताबारे समेत दुई मन्त्रीबीच चर्चा भएको थियोे। संस्कृति तथा धार्मिक मामिला मन्त्री चाई बोरिनले मन्त्री पाण्डेलाई कम्बोडियाको औपचारिक भ्रमणको निम्ता समेत दिएका छन्।