
बुटवल-कपिलस्तुको निग्रोधाराम कुदानमा महार्फिर्ती आगमन उत्सव मनाइँदै छ। भगवान गौतम बुद्धले ज्ञान प्राप्त गरेपछि पहिलो पटक आफ्नो घर कपिलबस्तु फर्केको दिन फागु पूर्णिमालाई महार्फिती उत्सवको रुपमा मनाउन लागिएको हो।
उत्सव अन्तर्गत विहिवार अपरान्ह ४ बजे कुदानमा कार्यक्रम गर्न लागिएको लुम्बिनीका सद्भावना दुत विक्रम पाण्डेकाजीले जानकारी दिए। कार्यक्रममा फूल साट्दै सद्भाव आदान प्रदान गर्नुका साथै दिप प्रज्वलन गरिने छ।