२०८१ चैत्र ३१ गते, आईतवार ०१:५२
  • भैरहवा एयरपोर्टबारे प्रधानमन्त्रीले भने: ‘नचलाइ राखेको थियो, हामी आएपछि चल्यो’

    बुटवल-प्रधानमन्त्री केपी शर्मा ओलीले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनेमा ढुक्क हुन आग्रह गरेका छन्। नेकपा एमालेले बुटवलमा आयोजना गरेको जागरण सभामा उनले विमानस्थल चलाउनकै लागि बनाएको बताए।
    सभामा भैरहवाको अन्तर्राष्ट्रिय उडान बारे प्रधानमन्त्री ओलीले यस्तो भनेका थिए।

    भैरहवा विमानस्थल लुम्बिनीको नजिकै छ। बुद्धको जन्म थलो नजिकै छ, रामग्रामको नजिकै छ, तिलौराकोटको नजिकै छ, कपिलमुनी धामको नजिकै छ। तर ट्वीनेटर बसेर हुन्छ पर्यटनको विकास ? त्यो धार्मिक स्थलको महत्व मान्छेले साना जहाज चलाएर लोकल जहाज चलाएर राती पनि उड्न नसक्ने खालको अवस्थामा एयरपोर्टलाई राखेर हुन सक्छ ? त्यसकारण हामीले इन्टरनेश्नल एयरपोट बनाएका हौं चल्दैन भनेर नचलाइ राखेको थियो। हामी आएपछि चल्यो नि । चल्न सुरु गर्यो। चल्न सुरु गर्यो र चल्छ यो। चलाउनको लागि बनाएको हो। तपाईहरु ढुक्क हुनुहोस्। चलाउनको लागि बनाएको हो।