लाइभ डिजेका साथै कुटुम्ब व्याण्डको प्रस्तुती हुने

बुटवल -रुपन्देहीको तिलोत्तमामा रहेको पाँच तारे रिसोर्ट टाइगर प्यालेस वाइ सोल्टीले नयाँ वर्षको अवसरमा २ दिने सांगितिक साँझ आयोजना गर्दैछ। यही चैत्र ३१ गते र नयाँ वर्षको दिन बैशाख १ गते सांगितिक कार्यक्रम हुन लागेको हो। नयाँ वर्षको अघिल्लो दिन आइतबार बेलुका लाइभ डिजे र डान्स प्रफरेन्स हुने छ।
कार्यक्रम बेलुका ८ बजेबाट स्वीमिङ पुलको साइडमा सुरु हुने रिसोर्टले जनाएको छ। सो अवसरमा १० वटा भन्दा बढि लाइभ फुड काउण्टर रहने छ। प्रति व्यक्ती १ हजार ९९९ शुल्कमा कार्यक्रममा सहभागी हुन पाइने छ। जसमा डिनरको व्यवस्था हुने छ।
नयाँ वर्षको दिन बैशाख १ गते सोमबार साँझ ७ बजेबाट नयाँ वर्ष उत्सव हुने छ। उत्सवमा लाइभ डिजेका साथै कुटुम्ब व्याण्डको लोक सांगितिक कार्यक्रमहरु हुने छ। उत्सवमा सहभागी हुन प्रति व्यक्ती २ हजार ९९९ रुपैया लाग्ने छ। जसमा डिनरको व्यवस्था रहेको छ। साथै १० वटा भन्दा लाइभ फुड काउण्डर राखिने छ।