२०८२ बैशाख ३ गते, बुधबार १२:१५
  • बर्षाले दाउन्नेको सडक विग्रँदा नयाँ वर्षमा लुम्बिनीका होटल सुनसान, कोठाहरुको बुकिङ रद्द

    लुम्बिनी-नयाँ वर्षको दिन बुद्ध जन्मस्थल लुम्बिनीमा केही चहलपहल देखीएको छ। तर होटलहरु भने सुनसान जस्तै छन्। नयाँ वर्षको नजिक आइरहका बेला बर्षाका कारण दाउन्नेको सडक हिलाम्मे भयो। जसका कारण सवारी साधनहरु घण्टौं अवरुद्ध भयो। त्यस्तै बर्षाले विनयी खोलको डाइभर्सन बगाउँदा पनि यात्रामा प्रभाव पार्यो। जसका कारण नयाँ वर्ष मनाउन लुम्बिनी आउने पर्यटकहरुले आफ्नो भ्रमण स्थगित गरे।

    दाउन्नेको सडक विग्रेपछि धेरैले कोठाको बुकिङ रद्द गरेको होटल संघ लुम्बिनीका उपाध्यक्ष लिलामणी शर्माले बताए। ‘नयाँ वर्ष नजिक आउँदै गर्दा होटलका कोठाहरु बुकिङ भइरहेको थियो। पानी परेर दाउन्नेको बाटो विग्रपछि धेरैले बुकिङ रद्द गर्नुभयो।’ उनले भने ‘अहिले होटलमा मुस्कीलले २० देखी ३० प्रतिसत मात्र अक्कुपेन्सी होला।’ दाउन्नेको सडक नविग्रेको भए लुम्बिनीका होटलका ६० प्रतिसत बढि कोठमा पाहुना हुने शर्माको भनाइ छ।

    लुम्बिनीमा बस्न आउने धेरै पर्यटक काठमाडौं र चितवन पूर्वका हुने गर्दछन्। सडक विग्रेर लुम्बिनीको भ्रमण स्थगित गरेपछि उनीहरु चितवन गएका छन्। होटलका कोठाहरु सुनसान भएपनि लुम्बिनीमा नयाँ वषएको चहलपहल भने । उपाध्यक्ष शर्माले बताए। ‘होटल सुनसान भएपनि रेष्टुरेन्टहरुमा व्यापार बढेको छ। यहाँ लागेको ५ दिने मेला र नयाँ वर्षका कारण चहलपहल देखिएको छ।’ उनले भने ‘टाढाबाट बस्ने पाहुना नआएपनि दाउन्ने पश्चिम नवलपरासी, रुपन्देही र कपिलबस्तुबाट नयाँ वर्ष मनाउन आएका छन्।’ केही वर्ष यता बुटवल नारायणगढ सडकका कारण लुम्बिनीको पर्यटक आगमनमा निकै असर पुगेको छ।