२०८२ बैशाख १४ गते, आईतवार ०६:३०
  • द्वन्द्व बढेको अहिलेको अवस्थामा बुद्धको शिक्षा फैलाउनुपर्छ : प्रधानमन्त्री  

    बुटवल -प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धले देखाउनुभएको अहिंसा र शान्तिको मार्गलाई संसारभर फैलाउने बेला आएको बताएका छन्। द्वन्द्व र द्वेष बढेको  वर्तमान अवस्थामा बुद्धले प्रतिपादित शान्तिको मार्गमा हिँड्न सबैलाई प्रेरित गर्नुपर्ने उनले बताए ।

    लुम्बिनीमा सुरु भएको चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सबै ठाउमा युद्ध गर्न सकिने अत्याधुनिक हतियार निर्माण भएको भन्दै उनले विश्वशान्तिका लागि चुनौती बनेका बताए युद्ध र हिंसाबाट शान्ति स्थापना नहुने उहाँको भनाइ छ।
    यस किसिमका कार्यक्रमले लुम्बिनीलाई अन्तरराष्ट्रिय बौद्ध दर्शन र शिक्षाको अझ ठूलो केन्द्रबिन्दु बनाउन सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो।  

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले गुरुयोजना अन्तर्गत लुम्बिनीको काम अघि बढेको उल्लेख गरे। प्रधानमन्त्री ओलीले दुनियाँमा अशान्ति मच्चिरहेका बेला नेपालको अगुवाइमा गौतमबुद्धले देखाउनुभएका अहिंसा, शान्ति, मानवता र करुणा विस्तार भइरहेको बताए।  बौद्ध संस्कृति, चिनियाँ संस्कृति, कला, परम्परागत बौद्ध चिकित्सा तथा बौद्ध शिक्षामा केन्द्रित रहेर ४० वटा कार्यपत्र महोत्सवमा प्रस्तुत गरिने जनाइएको छ।