
लुम्बिनी – संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले लुम्बिनी विकास कोषमा तीन वटै तहको सरकारको सहभागीता हुने बताएका छन्। त्यसको लागि लुम्बिनी विकास कोष ऐन संसोधनको तयारी भइरहेको उनले जानकारी दिए।
लुम्बिनीमा आइतबार चौथो एशियाली बौद्ध सांस्कृतिक महोत्सव समारोहमा मन्त्री पाण्डेले लुम्बिनीलाई तिनै तहका सरकारले स्वामित्व लिने गरि काम अघि बढाइएको जानकारी दिए। हामी कोषको ऐन संसोधन गर्ने कुराको पनि तयारीको अवस्थामा छौं। ऐन संसोधन गरेर तीनै तहका सरकारहरुको सहभागीता सुनिश्चित हुन्छ। उनले भने ‘तीनै तहका सरकारले स्वामित्व लिने, सक्रिय हुने, सहभागीता जनाउने, कुरामा प्रतिबद्धताका साथ लाग्नुहुन्छ मैले विश्वास लिएको छु। मन्त्री पाण्डेले लुम्बिनीबाट बुद्धको शान्तिको सन्देशलाई ग्रहण गर्न, त्यसलाई विश्वव्यापी रुपमा प्रचार गर्न अन्तर्राष्ट्रिय जगत पनि प्रतिबद्धताका साथ लाग्ने उल्लेख गरे।