२०८२ जेष्ठ ९ गते, बिहीबार १९:०२
  • लुम्बिनीमा ४ महिनामा तेस्रो मुलुकबाट ५४ हजार पर्यटक आए

    गत वर्ष भन्दा ६ हजारले बढि, कोभिड अघिको तुलनामा २३ हजार कम

    लुम्बिनी -बुद्ध जन्मस्थल लुम्बिनीमा सन २०२५ को ४ महिनामा ५४ हजार ३६४ तेस्रो मुलुकका पर्यटकले भ्रमण गरेका छन्। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा झण्डै ६ हजारले बढी हो। गत वर्ष सन् २०२४ को सुरुवाती ४ महिनामा ४८ हजार २०२ जना भारत बाहेकका विदेशी पर्यटक लुम्बिनी आएका थिए।

    कोभिड अघिको तुलनामा यो वर्षको विदेशी आगमन संख्या निकै कम हो। कोभिड अघि सन २०१९ को जनवरी देखी अप्रिलसम्म ७७ हजार ५३७ तेस्रो मुलुकका पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए। ६ वर्ष अघिको तुलनामा अहिले चार महिनामा २३ हजार कम विदेशी पर्यटक लुम्बिनी आएका छन्।

    २०२५ को सुरुवाती ४ महिनामा सबै भन्दा बढि श्रीलंकाबाट १२ हजार ७०३ जना पर्यटक लुम्बिनी आएका छन्। त्यस्तै थाइल्याण्डबाट ११ हजार ७६५, म्यानमारबाट ८ हजार ३४९, चिनबाट ४ हजार ४९१, भियतनामबाट ३ हजार ७६० र दक्षिण कोरियाबाट २ हजार ५३५ पर्यटक लुम्बिनी आएका छन्।