२०८२ जेष्ठ ९ गते, बिहीबार १९:००
  • बुद्ध जयन्तीको साँझ लुम्बिनीमा बौद्ध सास्कृतिक खाना महोत्सव हुने


    लुम्बिनी-बुद्ध जयन्तीका दिन लुम्बिनीमा बौद्ध सांस्कृतिक तथा खाना महोत्सव हुने भएको छ। लुम्बिनी होटल संघ नेपाल, लुम्बिनी सास्कृतिक नगरपालिका, लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध सास्कृतिक तथा खाना महोत्सव २०८२“ भब्य रुपमा लुम्बिनी होटल संघ नेपाल, लुम्बिनी सास्कृतिक नगरपालिका, लुम्बिनी विकास कोष र लुम्बिनी पर्यटन विकास परिषदको सयुक्त आयोजनामा खाना महोत्सव हुन लागेको हो।

    शान्तिदिप छेउ केन्द्रिय नहरको पुर्व पट्टि पैदलमार्गमा हुने महोत्वमा बौद्ध सास्कृतिक साङ्गितिक प्रस्तुतीका साथै शुद्ध शाकारी भोजनको स्टल रहने छन्। उक्त कार्यक्रमका विशेषताहरुमा सम्पुर्ण प्रस्तुतिहरु बुद्धमय फ्लेभर आउने गरि कार्यक्रम हुनेछ भने आरोहण गुरुकुल नाटय स्कुलको बेजोड बुद्ध सम्बन्धि नाटक “गच्छामी“, मंचन हुने आयोजक लुम्बिनी होटल संघले जनाएको छ। साथै विभिन्न ख्याती प्राप्त कलाकारहरु द्वारा बौद्ध गित सङ्गित प्रस्तुत गरिने छ। यस्तै गरि स्थानिय बुद्ध बिरहा गित, लुम्बिनी थारु आदिवासी समूहद्वारा मौलीक थारु गित तथा नित्र्य सहितको बौद्ध गित संगीत प्रस्तुत हुने लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले बताए।

    महोत्सवमा नेपाली, थारु , नेवारी , पाल्पाली, गुरुङ, मगर खाना परिकारहरु सहित इन्डियन, थाइ, चाइनिज आदि विभिन्न राष्ट्रिय अन्तरास्ट्रिय खानाका खानाका परिकारहरुका स्टलहरु पनि रहने छ्न। लुम्बिनी होटल संघ नेपालले लुम्बिनीमा बिगत लामो समय देखि हरेक बर्ष अङ्ग्रेजी नयाँ बर्षको पुर्व सन्ध्यामा लुम्बिनी सास्कृतिक तथा सडक खाना महोत्सव आयोजना गर्दै आएको थियो। तर बुद्ध जयन्तिको अवसरमा साझ केही कार्यक्रम नहुदाको खल्लो पन महशुश भएको हुँदा संघले पनि बुद्ध जयन्तीलाई महोत्सवको रुपमा मनाउन यो वर्षदेखी बुद्ध जयन्तीका दिन सडक खाना महोत्सव बुद्ध आयोजना गर्ने निर्णय गरेको लुम्बिनी होटल संघका उपाध्यक्ष लिलामणी शर्माले जानकारी दिए।