२०८२ जेष्ठ ९ गते, बिहीबार १९:११
  • बुद्धजयन्ती: व्यानरमा २५६९औं, प्रधानमन्त्री भन्छन २६४९ औं

    लुम्बिनी – बुद्ध जयन्ती मनाइरहँदा कति औं बुद्ध जयन्ती हो भन्ने बहस समेत चलेको छ। घोषित रुपमा सोमबार २५६९ बुद्ध जयन्ती मनाइएको छ । लुम्बिनीमा आयोजित बुद्ध जयन्ती समारोहको व्यानरमा समेत सो अंक उल्लेख छ।

    तर प्रधानमन्त्री केपी शर्मा ओेलीले सम्बाेधनकाे  सुरूमै २६४९ औं बुद्ध जयन्ती भनेर उल्लेख गरे। “२६४९ औं बुद्ध जयन्ती अर्थात २५६९ औं बुद्ध सम्वत लुम्बिनी दिवस मुल समारोह समितिका सभापतिज्यू ..” भन्दै ओलीले आफ्नाे भनाइ सुरु गरे ” एउटा कुरामा अन्याेल हुन हुँदैन। बुद्ध संवतकाे हिसाबले आज २५६९अैा संवत हाे। बुद्ध जन्मजयन्तीकाे हिसाबले २६४९ औं बुद्ध जयन्ती हो। यसमा कुनै द्विबिधा हुन हुंदैन।” 

    बुद्धको जन्म ईसा पुर्व ६२३ मा भएकाे थियाे। त्यसकाे ३५ बर्षपछि उनले बुद्धत्व प्राप्त गरेका थिए। जन्मकाे ८० बर्षपछि उनकाे निधन भएकाे थियाे। निधन भएर आज २५६९ बर्ष लागेको छ। निधन भएकाे दिनलाई आधार मानेर जयन्ती मनाउन नहुने भनेर पछिल्लो समय बहस हुँदै आएकाे छ। प्रधानमन्त्री ओलीले पनि जन्मकाे आधारमा जयन्ती मनाउनुपर्ने भनाई राखे।

    लुम्बिनी बिकास काेषका अध्यक्ष तथा संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री पाण्डेले कतिऔं बुद्ध जयन्तीकाे मान्न भन्ने बारेमा बुद्ध दर्शनका ज्ञातासँग परामर्श गर्ने बताए। “हामी बुद्ध शास्त्रका ज्ञाताहरूकाे समेत परामर्श लिएर काेष र नेपाल सरकारले अर्काे बर्ष जन्मेकाे दिनमा नै गनेर बुद्ध जयन्ती मनाउने तय गर्छौं।” उनले भने।

    लुम्बिनी बिकास काेषका उपाध्यक्ष ल्हारक्याल लामाले बुद्ध जयन्ती मनाउने सन्दर्भमा उठेकाे बहसलाई निष्कर्षमा पुर्याउने बताए। याे बिषयमा अन्याेल छ। “समस्या समाधानकाे लागि सबै बुद्ध कमिटी बसेर यसकाे समस्या समाधान गर्नुपर्छ जस्ताे लाग्छ।” उनले भने।