
काठमाडौं-सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको लागि १३ अर्ब २८ करोड रुपैया विनियोजन गरेको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले विहिवार संघिय संसदमा प्रस्तुत बजेट मार्फत सो जानकारी दिएका हुन्।
गुणस्तरीय सेवा विस्तार र बजारीकरणको माध्यमबाट नेपाललाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यको रुपमा ब्राण्डीङ गर्ने बजेटमा उल्लेख छ। त्यस्तै छिमेकी मुलुकका पर्यटकलाई लक्षित गरि विशेष प्याकेज सञ्चालन गर्ने अर्थमन्त्री पौडेलले बताए। पर्यापर्यटन पर्वतिय धार्मिक पर्यटन, सांस्कृतिक पर्यटनका प्रमुख गन्तव्य स्थलहरुमा पर्यटक लक्षित सेवा विस्तार गरिने बजेटमा उल्लेख छ।

