२०८२ फाल्गुन २३ गते, शनिबार १२:३९
  • भैरहवाबाट उडान गर्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई थप प्रोत्साहन र सहुलियत दिइने

    बुटवल– सरकारले भैरहवाबाट उडान गर्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई थप प्रोत्साहन र सहयोग गर्ने भएको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले संघिय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै भैरहवा र पोखराबाट उडानका लागि सहुलियतको घोषणा गरेका हुन्।

    ‘नेपालमा अन्तर्राष्ट्रिय हवाइ सेवा गरेका वायुसेवा कम्पनीलाई भैरहवा र पोखराबाट निश्चित संख्यामा उडान संचालन गर्न थप प्रोत्साहन र सहुलियत दिइने छ।’ बजेटमा भनिएको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटक र श्रमिकहरुको लागि किफायती हुने गरि सञ्चालनमा ल्याउने पौडेलले जानकारी दिए।

    त्यसको लागि विमानस्थल परिसरमा आवश्यक सुविधा उपलब्ध गराइने उल्लेख छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कार्गो सेवा सञ्चालन गर्न विशेष सहुलियत दिइने बजेटमा भनिएको छ।