
काठमाडौं -सरकारले बजेट मार्फत लुम्बिनी मुक्तीनाथ पदयात्रा सञ्चालन गर्ने जनाएको छ। संघिय संसदमा प्रस्तुत भएको बजेटमा ७ वटा रुटमा पदयात्रा सञ्चालन गर्ने उल्लेख छ।
जस अनुसार शुक्लाफाँटा-खप्तड, बर्दिया-रारा, सौराहा-गोसाईँकुण्ड, जनकपुरधाम-कालिञ्चोक, कोशीटप्पु(सगरमाथा र केचना-पाथिभरा पदयात्रा सञ्चालन गरिने अर्थमन्त्री विष्णु पौडेलले बताए। त्यस्तै खप्तड, रामारोशन, वडिमालिका, बुढीनन्दा, रारा, स्वर्गद्वारी र मुक्तिनाथसम्मको पर्या(पर्यटन पदमार्ग विकास गरिने बजेटमा भनिएको छ।

उच्च पहाडी तथा हिमाली क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न सुरक्षित पर्या(पर्यटन पदमार्गहरूको विकास पौडेलले बताए। त्यसैगरी हिमाल आरोही तथा पदयात्रीको सुरक्षा र आकस्मिक उद्धारको भरपर्दो व्यवस्था मिलाइने सरकारले जनाएको छ। निजी क्षेत्रसँगको सहकार्य र पर्यटन बोर्डको सहजीकरणमा पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन बजेटमा उल्लेख छ।