२०८२ जेष्ठ ३२ गते, शनिबार १०:५०
  • बुटवलको वेष्ट्रन मेघा कलेजले निशुल्क तालिम र फुड फेष्टिवल गर्दै

    बुटवल -१५ ढवाहमा रहेको वेष्ट्रन मेघा कलेजले होटल व्यवस्थापन सम्बन्धी निशुल्क तालिम गर्ने भएको छ। आगामी असार १ गतेदेखी दस दिने निशुल्क तालिम आयोजना गर्न लागिएको कलेजले जनाएको छ। त्यस्तै भदौ महिनामा फुड फेष्टिवल आयोजना गर्न लागिएको विहिवार आयोजित पत्रकार सम्मेलनमा बताइएको थियो।

    बीएचएमको नयाँ शैक्षिक सत्र सुरु हुन लागेको सन्दर्भमा वेष्ट्रन मेघाले रचनात्मक कार्यक्रम गर्न लागेको कलेजका प्राचार्य किसु शर्माले जानकारी दिए। तालिममा प्रशिद्ध सेफ दिपक राउतले सहजिकरण गर्ने उनले बताए। तालिममा बेकरी तथा किचन, बारिष्टा तथा फुड एण्ड वेभरेज, आतिथ्यता सत्कार तथा हाउससिपिङ्गलगायतका विषयमा जानकारी प्रदान गरिने छ। ब्यवस्थापनमा कक्षा १२ को परिक्षा दिएर बसेकाहरुले निशुल्क तालिममा सहभागी हुन पाउने छन्।

    सामाजिक उत्तरदायित्व अन्तरगत तालिम चलाउन लागेको उनले बताए। तालिम २ सय विद्यार्थीहरु सहभागी हुने लक्ष्य रहेको कलेजले जनाएको छ। भदौको ४ देखि ६ गतेसम्म संचालन हुने फूड फेष्टिवलमा विभिन्न प्रकारका मौलिक खानेकुराका परिकार राखिने छ। उत्सवमा मगर, गुरुङ, राई लिम्बु, नेवारी, थारुलगायतका जातिय परिकार, इस्लामिक समुदायिका परिकारहरुको ३५ स्टलहरु राखिने पत्रकार सम्मेलनमा बताइएको थियो। फुड फेष्टिभलमा विद्यार्थीहरु आफैले खाना तयार गर्ने र त्यसको बजार समेत गर्ने प्राचार्य शर्माले बताए।

    यस्तै कलेजमा बीएचएममा नयाँ भर्ना खुलेको छ। यसैगरि नयाँ भर्नासंगै केही थप सुविधाहरु विद्यार्थीहरुलाई दिईने उनले बताए । जसमा विभिन्न देशको भ्रमण, तेस्रो सेमिष्टारमा व्यक्तित्व विकासको कक्षा, पाचौ सेमिस्टारमा जापानिज भाषा र छैटौ सेमिस्टारमा चाईनिज भाषा थप गरिएको उनले बताए ।

    कलेजका अध्यक्ष मेघराज पन्थले शुरुवातमा बुटवल पश्चिममा नमुना रिसोर्ट संचालन गरेको बताए । पर्यटन क्षेत्रसंग जोडेर दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित विसं २०७४ सालदेखि कलेज स्थापना गरिएको बताए । स्थापनाकालदेखि कलेजबाट ४५० जना होटल व्यवस्थापन विषयमा अध्ययन गरेर पासआउट भएको पन्थले जानकारी दिए ।