२०८२ फाल्गुन २३ गते, शनिबार १५:४५
  • नेपाल चीन र भारतको आस्थाको केन्द्र हो : पर्यटनमन्त्री पाण्डे

    काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल चीन र भारतको आस्थाको केन्द्र भएको बताएका छन्। राजधानीमा सुरु भएको ‘हिमाली बौद्ध धर्म र परम्परा’ विषयक पाँचदिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले नेपाल बुद्ध र वेदभूमि भएको उल्लेख गरे।

    उनले नेपाल चीन र भारत दुबै राष्ट्रको आस्थाको केन्द्र भएको स्पष्ट पारे। “हाम्रो परिचय बुद्ध हुन्। विश्व शान्तिको बाटोमा जाँदा विश्वले नेपाललाई सम्झिन्छ।” पाण्डेले भने। सरकार संस्कृति र सभ्यताको विकास तथा विस्तारमा प्रतिबद्ध रहेको बताउनु हुँदै मन्त्री पाण्डेले नीतिनियम धर्म र संस्कृति फैलिने खालको बनाइने बताए। प्रशिक्षण कार्यक्रम पाँच दिनसम्म सञ्चालन हुने जानकारी दिइएको छ। कार्यक्रममा करिब सात सय बौद्ध धर्मगुरुहरूको सहभागिता रहेको बताइएको छ।