२०८२ फाल्गुन २३ गते, शनिबार १३:१५
  • लुम्बिनी सरकारद्वारा पर्यटनको लागि ८० करोड विनियोजन

    देउखुरी-लुम्बिनी प्रदेश सरकारले पर्यटन क्षेत्रको लागि ८० करोड रुपैया विनियोजन गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आइतबार प्रदेश सभामा बजेट प्रस्तुत गर्दै एतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटकीय गन्तव्यहरुको पूर्वाधार विकास, संरक्षण र प्रवद्र्धनको लागि सो बजेट विनियोजन गरेको जानकारी दिए।

    बजेटमा महत्वपूर्ण पर्यटकीय स्थलमा प्रदेश मन्त्रीपरिषद बैठक सञ्चालन गर्ने, लुम्बिनी प्रज्ञा प्रतिष्ठान गठन कार्य अगाडि बढाउने, लुम्बिनी बौद्ध अन्तरराष्ट्रिय शिखर सम्मेलन आयोजना गर्ने लगायतका विषय समेटिएको छ। तराइमा रमाउने, पहाडमा घमाउने र हिमाल चढाउने कार्यक्रम सञ्चालन गर्ने, गुल्मीको रिडीमा उत्तर बाहिनी महास्नान मेला आयोजना गर्ने, लुम्बिनी विकास प्राधिकरण गठन गर्ने कुरा बजेटमा उल्लेख छ।

    बाँकेको बागेश्वरी, दाङको छिल्लीकोट, बर्दियाको ठाकुरबाबा, प्युठानको स्वर्गद्वारी, अर्घाखाँचीको पाणिनी र सपुादेउराली, गुल्मीको रुरु रेसुंगा, पाल्पाको रानीमहल, रुपन्त्देहीको जितगढी तथा नवुाकोटगढी, नवलपरासी पश्चिमको बाबा बर्दगोरिया र पाल्ही भगवती, रोल्पाको जलजला, कपिलवस्तुको जगदिशपुृर ताल तथा रुकुम पूर्वको मैकोट लगायतका पर्यटकीय स्थानको प्रवद्र्धनको लागि बजेट छुट्याएको आर्थिक मामिलामन्त्री धनेन्द्र कार्कीले जानकारी दिनुभयो।