२०८२ फाल्गुन २३ गते, शनिबार ०८:५०
  • होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा खनाल सर्वसम्मत चयन

    बुटवल – होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा माधवकुमार खनाल सर्वसम्मत चयन भएका छन्। संघको शनिबार बुटवलमा भएको १२ औं अधिवेशनबाट खनाल सर्वसम्मत रूपमा अध्यक्ष चयन हुनुभएको हो। यस्तै संघको बरिष्ठ उपाध्यक्षमा अर्जुन थापा, पर्यटन उपाध्यक्षमा रोमाकान्त पाण्डे, प्रथम उपाध्यक्षमा थम्मनबहादुर भण्डारी, द्वितीय उपाध्यक्षमा प्रेमप्रसाद भट्टराई, महासचिवमा केशवराज कँडेल, कोषाध्यक्षमा अर्जुन पोखरेल, सचिवमा बाबुराम अर्याल, सहसचिवमा डिल्लीराज अर्याल, सहकोषाध्यक्षमा खुमराज ज्ञवाली सर्वसम्मत निर्वाचित भएका हुन्।

    यस अघि अधिवेसनको उद्घाटन गदै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले पर्यटन प्रवद्र्धनमा नीजि क्षेत्रको पनि सहभागीता हुनुपर्ने बताए। उनले होटल व्यवसायी र यातायात व्यवसायी मिलेर बुटवलबाट मुक्तीनाथ, स्वर्गद्वारीसम्मको टुर प्याकेज बनाएमा उपमहानगरले सहयोग गर्ने उल्लेख गरे। नगर उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई पर्यटकको हव बनाउन सकिन्छ कि भनेर उपमहानगरपालिका लागिरहेको बताइन्।

    संघका अध्यक्ष लेखनाथ भण्डारीले अरु संघ संस्थासँग मिलेर टुर प्याकेज सञ्चालन गर्ने जानकारी दिए। उनले राज्यले पर्यटन प्रवद्र्धन सम्बन्धी स्पष्ट नीति बनाउनुपर्ने बताए। बुटवलमा पर्यटन क्षेत्रमा ठूलो लगानी भएको भन्दै विभिन्न नामका कर र चर्को घर भाडा, लगायतका कारण व्यवसाय समस्यामा रहेको भण्डारीको भनाइ छ।

    होटव व्यवसायी महासंघका पूर्व अध्यक्ष माधव नेपाल, अध्यक्ष हिराध्वज शाह, संघका प्रदशे अध्यक्ष महेन्द्र श्रेष्ठ, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेस पाण्डे लगायतले आ आफ्ना भनाइ राख्नुभएको थियो।