२०८२ फाल्गुन २३ गते, शनिबार ०८:५०
  • तानसेनमा रणउजिरेश्वरी भगवती रथयात्रा निकालियो

    उपप्रधानमन्त्री पौडेल र पर्यटनमन्त्री पाण्डेद्वारा अवलोकन


    तानसेन -पाल्पाको तानसेनमा श्री ७ रणउजेश्वरी भगवतीको रथयात्रा निकालिएको छ। आइतबार मध्यान्न साढे १२ बजे भगवती मन्दिर परिसरबाट रथयात्रा सुरु भएको थियो। रथयात्राले ३ पटक भगवती मन्दिर परिक्रमा गरेर तानसेन बजारका विभिन्न ठाउँमा पुर्याइएको थियो। रथयात्रा समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ति, प्रदेशका उद्योग पर्यटन तथा यातायात व्यवस्थामन्त्री प्रचण्डविक्रम न्यौपाने, संघिय सांसद ठाकुर गैरे, प्रधानसेनापती आशोक सिग्देल लगायत सहभागी थिए।
    वि.सं. १८७२ सालमा बुटवलको जितगढीमा भएको युद्धमा कर्नेल उजिरसिंह थापा नेतृत्वको नेपाली सेनाले अंग्रेजलाई पराजित गरेको थियो। अंग्रेजमाथि जित हाशील गरेपछि उजिरसिंहले पाल्पामा विजय उत्सव स्वरुप भगवती रथयात्रा निकालेका थिए। सोही दिनको सम्झनामा हरेक वर्ष कृष्णजन्माष्टमीको भोलीपल्ट पाल्पाको तानसेनमा भगवती रथयात्रा निकालिने गरिन्छ। भगवती जात्रालाई पाल्पाको ठूलो पर्वको रुपमा मानिन्छ। जत्राको अवसरमा लुम्बिनी प्रदेश सरकारले पाल्पा जिल्लाभर सार्वजनिक विदा दिएको थियो। जिल्ला भित्र तथा जिल्ला बाहिरका हजारौ भगवती जात्रा हेर्न पुगेका थिए।