२०८२ फाल्गुन २३ गते, शनिबार १०:५४
  • दुबै खुट्टाविना सगरमाथा चढेका हरि बुढामगरले लुम्बिनीमा विद्यार्थीलाई उत्प्रेरणा प्रदान गरे

    लुम्बिनी – दुबै खुट्टा गुमाएर पनि सगरमाथा आरोहण गरेका हरि बुढामगरले आफ्नो अनुभव सुनाउँदै विद्यार्थीलाई उत्प्रेरणा प्रदान गरेका छन्। लुम्बिनी बौद्ध विश्वविद्यालय अन्तर्राष्ट्रिय समन्वय विभागको आयोजनामा मंगलबार भएको कार्यक्रममा उनले विभिन्न विद्यालयका १२ कक्षाका विद्यार्थीहरुलाई आफ्नो अनुभव सुनाएका हुन्।

    रोल्पामा जन्मेका बुढामगरले बेलायती सेनामा भर्ना भएका थिए। सोही क्रममा अफ्गानीस्तानको युद्धमा उनले दुबै खुट्टा गुमाएका थिए। खुट्टा गुमाए पनि हरि बुढामगरले आत्मविश्वास गुमाएनन र आफूलाई कम्जोर ठानेनन्। सगरमाथा चढ्ने अठोट गरे। सगरमाथा चढ्ने क्रममा प्रत्येक स्टेपमा दुख भएपनि त्यही आत्म विश्वासको कारण आफूले सफल आरोहण गरेको उनले सुनाए।
    सफलता हात पार्न दुख गर्नबाट पछि हट्न नुहने मोटिभेसनको क्रममा बुढामगरले विद्यार्थीहरुलाई सुनाए। सगरमाथा मात्र नभई उनले सातै महादेशका अग्ला हिमाल पनि चढिरहेका छन्। त्यस क्रममा ५ वटा चढेको र अझै दुई वटा हिमाल बाँकी रहेकाृ उनले सुनाए। आउँदो जनवरीसम्म चढिसक्ने योजनामा रहेको बुढामगरले जानकारी दिए।

    लुम्बिनी बौद्ध विश्व विद्यालयका अन्तर्राष्ट्रिय समन्वय विभागका प्रमुख राजेन्द्र घिमिरेको अध्यक्षतामा तथा सहायक प्राध्यापक भिम कुवँरको सञ्चालनमा भएको कार्यक्रममा सहभागीहरुले आरोही बुढामगरसँग अन्तरक्रिया समेत गरेका थिए।

    यसैबीच हरि बुढामगरलाई लुम्बिनी बौद्ध विश्वविद्यालयले सद्भावना दुत नियुक्त गरेको छ। विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. सुवर्णलाल बज्रचार्यले मंगलबार नियुक्ती पत्र प्रदान गरे। सद्भावना दुत नियुक्त भएपछि हरिबहादुर बुढामगरले विश्वको जुुनसुकै ठाउँमा पुगेपनि आफूले बुद्ध दर्शन र लुम्बिनी बौद्ध विश्वविद्यालयको प्रवद्र्धनमा सघाउ पुर्याउने बताएका थिए।