२०८२ फाल्गुन २३ गते, शनिबार ०८:५१
  • नेपाल पर्वतारोहण संघको अध्यक्षमा फुर गेल्जे शेर्पा निर्वाचित

    नारायणगढ-बुटवल यात्रा सहज बन्दैछ भन्ने सन्देशसहित लुम्बिनीको प्रचार प्रसार गरौं

    काठमाडौं -नेपाल पर्वतारोहण संघ (एनएमए) को अध्यक्षमा फुर गेल्जे शेर्पा निर्वाचित भएका छन्। आइतबार बिहान सम्पन्न मतगणनाअनुसार ३४२ मत ल्याइ सेर्पा विजयी भएका हुन्। उनका प्रतिस्प्रर्धी कुलबहादुर कुलबहादुर गुरुङ ले २८८ मत ल्याए।
    संघ पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था हो।

    त्यसैगरी, पर्वतारोहण संघको वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा, द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी ,महासचिवमा राजेन्द्र लामा विजयी भएका छन्। सचिवमा चन्दन थापा, कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पा र सुमी लामाले समान मत प्राप्त गरेका छन्।

    त्यसैगरी, सदस्यमा माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देण्डी शेर्पा, विक्रम कार्की, रिञ्जे शेर्पा, देवेन्द्र डङ्गोल, दिकी शेर्पा र निशा भोटे विजयी भएको निर्वाचन समितिले जनाएको छ।