
भैरहवा-भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक विशिष्ठ कक्ष बन्द गरिएको छ। विद्यमान सुरक्षा तथा प्राविधिक सम्वेदनशिलतालाई मध्येनजर गर्दै विशिष्ट कक्ष बन्द गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रताबबाबु तिवारीले जानकारी दिए।
नेपाल नागरिक उड्यन प्राधिकरण प्रधान कार्यालयको निर्देशन र हालै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा समितिको बैठकको निर्णय अनुसार विमानस्थलको विशिष्ठ कक्ष बन्द गरिएको उनले जानकारी दिए। यसबाट विशिष्ठ व्यक्तीहरुमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी भएको विमानस्थलले जनाएको छ।

