२०८२ फाल्गुन २३ गते, शनिबार १३:०१
  • विश्व शान्ति दिवसको अवसरमा लुम्बिनीमा ५ हजार दीप प्रज्वलन


    लुम्बिनी-विश्व शान्ति दिवसको अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा ५ हजार दीप प्रज्वलन गरिएको छ। युनिभर्सल पिस स्याङ्चुरीले शान्तिदीप नजिक लिटल बुद्धमा दीप प्रज्वलन गरि विश्व शान्तिको कामना गरेको हो।

    लुम्बिनीमा विश्व शान्ति धाम निर्माणमा सक्रिय गुरु स्याल्पा तेन्जीङ रिन्पोछेले विश्व शान्तीको कामना गर्न आफूहरु बुद्ध जन्मस्थलमा आएको बताए। ‘आज विश्व शान्ति दिवस मनाउन हामी लुम्बिनीमा आएका छौं। दीप जलाएर विश्वभरको शान्तिको कामना गर्दैछौं।’ उनले भने ‘हामीले नेपालमा शान्ति कायम होस् भनेर यहाँबाट प्रार्थना गर्न चाहान्छौं। सबैको मनमा सुख होस्। सबैको मनमा दुख मेटाउन सकियोस्।’

    रिन्पोछेले देश विकासमा सबै मिलेर अघि बढ्न सकियोस् भन्ने कामना समेत गरे। उनले बुद्धको सन्देश गर्दा सबैको मनमा शान्ति कायम हुन सक्ने उल्लेख गरे।

    दीप प्रज्जवलनमा स भिक्षुभिक्षुणी, उपासक उपासिका, लुम्बिनी विश्व विद्यालयका विद्यार्थी, लुम्बिनी स्काउटका प्रतिनिधि र लुम्बिनी भ्रमणमा आएका पर्यटकहरू सहभागी भएका थिए। प्रत्येक बर्ष सेप्टेम्बर २१ सेप्टेम्बरमा अन्तर्राष्ट्रिय शान्ति दिवस मनाईन्छ। संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९८१ मा हरेक वर्ष सेप्टेम्बर २१ को दिनलाई विश्व शान्ति दिवसका रूपमा मनाउने निर्णय गरेको थियो।