२०८२ फाल्गुन २३ गते, शनिबार १४:०५
  • होटल पौवाले शनिवार सराय नाच प्रदर्शन गर्दै


    बुटवल-रुपन्देहीको तिलोत्तमा २ योगिकुटीमा रहेको होटल पौवाले यस वर्ष पनि सराय नाच प्रदर्शन गर्ने भएको छ। लुम्बिनी प्रदेशको सांस्कृतिक धरोहरलाई जगेर्ना गर्ने उद्देश्यले बडादसैंको अवसरमा सराय नाच तथा सांस्कृतिक महोत्सव आयोजना लागिएको होटल पौवाले जनाएको छ।

    होटलको प्रांगणमा असोज २५ गते साँझ साढे ५ बजेबाट सराय नाच सहित अन्य विविध सांस्कृतिक नृत्य प्रस्तुत हुने होटल पौवाका ब्राण्डीङ विभाग प्रमुख बिष्णु भण्डारीले जानकारी दिए। यसवर्ष पाल्पाको मुझुङ रैनादेवी छहारा वडा नं. ५ कालिका युवा क्लबका कलाकारहरूको टोलीले सराय नाचसँगै अन्य विविध सांस्कृतिक नृत्यहरू प्रस्तुत गर्नेछन्।

    महोत्सवको सम्पूर्ण तयारी पूरा भएको विहिवार आयोजित पत्रकार सम्मेलनमा भण्डारीले जानकारी दिए। ‘नयाँ पुस्तालाई नेपालको लोपोन्मुख सांस्कृतिक पहिचानसँग जोड्न होटल पौवाले निरन्तर अभियान सञ्चालन गर्दै आएको छ । हामीले बुटवल शाखाबाट सराय नाचको प्रदर्शन गर्दैआएका छौं, जसले सांस्कृतिक संरक्षणमा योगदान पु–याउने विश्वास छ ।’ उनले भने।

    होटल पौवाका अध्यक्ष होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले नेपालको सांस्कृतिक विविधतालाई जगेर्ना गर्न र पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउन होटलले निरन्तर प्रयास गरिरहेको बताए। ‘नेपाली कला, संस्कृति, रहनसहन, भेषभूषा र खानपिनको प्रवद्र्धनले पर्यटन उद्योगमा महत्वपूर्ण भूमिका खेल्छ । पौवाले हरेक चाडपर्वलाई सांस्कृतिक उत्सवका रूपमा मनाउँदै नेपाली आतिथ्यताको पहिचानलाई विश्वसामु पु–याउने प्रयास गरिरहेको छ ।’ उनले भने।

    पत्रकार सम्मेलनमा होटल पौवाका उपाध्यक्ष ध्रुव ज्ञवाली, एमडि विष्णु ज्ञवाली लगायतले संस्कृती संरक्षणमा पौवाको भूमिकाका बारेमा प्रकाश पारेका थिए। पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, सल्लाहकार खिमानन्द भट्राईले संस्कृती संरक्षमा पौवाले गरेको कार्यक्रमले पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने धारणा राखेका थिए।