२०८२ फाल्गुन २३ गते, शनिबार ०८:५२
  • लुम्बिनीमा इकोमसको बार्षिक सभा तथा ६० औं बर्षगाठ मनाइयो


    बुटवल– बुद्धजन्मस्थल लुम्बिनीमा युनेस्कोको सल्लाहकार निकाय सम्पदा संरक्षण समाज (इकोमस) को बार्षिक सभा तथा ६० औं बर्षगाठ लुम्बिनीमा गरिएको छ। यहि असोज २५ अर्थात अक्टोबर ११ तारिखदेखि लुम्बिनीमा शुरु भएको बार्षिक सभाको मंगलबार ६० औं बार्षिकोत्सव सहित समापन भएको हो।

    विश्वसम्पदा स्थल तथा बुद्धजन्मस्थल लुम्बिनीमा महासभा र ६० औं बर्षगाठ लुम्बिनीमा मनाउन पाउनु निकै गर्वको बिषय भएको इकोमस नेपालका अध्यक्ष ज्ञानिन राईले बताए। सन् १९६५ मा स्थापना भएको इकोमस ११७ देशमा राष्ट्रिय समिति, ३१ वटा बैज्ञानिक समिति र १३७ देशबाट १२ हजार ७१५ जना विज्ञ सदस्य रहेका छन् । अध्यक्ष राईका अनुसार महासभामा मानवताको हितका लागि सम्पदा संरक्षण, आध्यात्मिकता, पर्यटन प्रबद्र्धन र दिगो विकासका सवालमा महत्वपूर्ण छलफल भएको छ। वार्षिक महासभासँगै अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन समेत सञ्चालन हुनेछ।

    इकोमस नेपालले संयोजन गरेको महासभा तथा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनमा बुधबारदेखि घनीभूत छलफल हुनेछ। मुुख्य गरी प्रकोप, द्धन्द र शान्तिका बिषयलाई केन्द्र बिन्दुुमा राखेर छलफल हुने इकोमस नेपालका कोषाध्यक्ष सृष्टिना श्रेष्ठले बताइन्_
    विश्वभरका सांस्कृतिक सम्पदा संरक्षणसँग सम्बन्धित विज्ञहरू, अनुसन्धानकर्ताहरू तथा नीति निर्माताहरू, सरकारी अधिकारीहरु, अन्तर्राष्ट्रिय पाहुुनाहरु सहित ६७ राष्ट्रका २ सय बढि विदेशी विज्ञह सहभागी छन्। नेपालका विज्ञहरु सहति ३ सय बढि सहभागी रहेको आयोजकले जनाएका छन्।

    कार्यक्रममा नेपालका तर्फबाट साँस्कृति सम्पदा व्यवस्थापनमा सक्रिय ज्ञानिन राई, डा. काई वाईजे, एनी जोशी डा. ईनुु प्रधान सालिके, सृष्टिना श्रेष्ठ, देवेन्द्र भट्टराई सहित ईकोमस ईन्टरनेश्नलका सचिवालय सदस्यहरुको मुुख्य भुुमिका रहेको छ। महासभा तथा सम्मेलनमा २ सय भन्दा बढि विदेशी विज्ञ तथा सहभागीहरु रहेका छन्।

    प्रस्तुतिकरण सहित विशेषज्ञ प्यानल, स्थलगत भ्रमण सहित विभिन्न बिषयमा नीतिगत छलफका सेसनहरु हुनेछन्। कार्यक्रमको लुम्बिनीबौद्ध विश्वबिद्यालय, लुम्बिनी विकास कोष, पुरातत्व विभाग, लुुम्बिनी सांस्कृतिक नगरपालिका, ओरियन्टीयल हेरिटेज साईट प्रोटेक्सन एलायन्स फ्रान्स, ब्रिटिश काउन्सिल, अष्ट्रेलिया इकोमस, इकोमस चाईन लगायतले साझेदारी गरेका छन्। सम्मेलन अक्टोबर १९ तारिख अर्थात कार्तिक २ गते समापन गरिनेछ।