७० वर्ष माथिकालाई ५० प्रतिसत छुट

काठमाडौं- ज्येष्ठ नागरिकहरुलाई हवाई भाडामा छुट दिइने निर्णय भएको छ। नेपाल नागरिक उड्यन प्राधिकरण र आन्तरिक वायुसेवा कम्पनीका प्रतिनिधिहरुको आइतबार बसेको बैठकले हवाइ भाडादरमा छुट दिने निर्णय गरेको हो।
जस अनुसार ७० वर्ष माथि उमेर समूहका ज्येष्ठ नागरिकलाई अधिकतम हवाइ भाडादरमा ५० प्रतिसत छुट प्रदान गर्ने निर्णय भएको छ। ७५ वर्ष माथिका ज्येष्ठ नागरिकले ७० प्रतिसत छुट प्राप्त गर्नेछन्। ८० वर्ष माथिकाको लागि ८० प्रतिसत छुट प्रदान गर्ने निर्णय भएको नेपाल नागरिक उड्यन प्राधिकरणका सह प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए। त्यस्तै जुनसुकै उमेर समूह अन्तर्गत फरक क्षमता भएका हवाइ यात्रुहरुले न्युनतम ५० प्रतिसत छुट प्राप्त गर्ने भुलले बताए। हवाइ भाडादरमा छुट आजका मितिदेखी नै कार्यान्वयन गर्ने गरि निर्देशन दिएको प्राधिकरणले जनाएको छ।

