
मुस्ताङ -पछिल्लो १० दिनमा ४० हजार बढिले मुस्ताङको भ्रमण गरेका छन्। बेनी जोमसोम सडकमार्ग हुँदै कात्तिक १ गतेदेखी १० गतेसम्म ४० हजार ८७८ जना मुस्ताङ आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जसमध्ये ३७ हजार १४६ जना आन्तरिक र तीन हजार ७३२ जना विदेशी पर्यटक आएका हुन्।
पछिल्लो समय मुस्ताङमा वर्षा र हिमपात भएसँगै यहाँका आएका पर्यटक समस्यामा परेका छन्। चालु वर्षको साउनदेखि कात्तिक १० गतेसम्ममा एक लाख ५९ हजार ४६७ जना पर्यटक मुस्ताङ भित्रिएका छन्।

