
बुटवल नागरिक उड्यन क्षेत्रको सुधार सम्बन्धी उच्चस्तिरिय अध्ययन तथा सुझाब समितिले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई कार्गो हबको रुपमा विकास गर्न सुझब दिएको छ। हाल काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको एयर कार्गो सम्बन्धी क्रियाकलापलाई व्यवस्थित तवरले भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलबाट पहल गर्न सर्वोच्च अदालतका पूर्वन्ययाधिस अनुल कुमार सिन्हा नेतृत्वको समितिले सुझाब दिएको हो।
काठमाडौंको विमानस्थलबाट हुने बेली कार्गो सर्भिसलाई निरुत्साहित गर्ने समितिले भनेको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उपलब्ध हुने निर्यातमा प्रतिकिलोको दरले रिबेट सुविधा उपलब्ध गराउने समितिको प्रतिवेदनमा उल्लेख छ।
नेपाली व्यवसायी क्षेत्रलाई वायुयान लिजिङसहित विशेष सुविधा उपलब्ध गराई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बेस बनाइ कार्गो एयरलाइन्स सञ्चालन गर्न आह्वान गरि सुलभ तरिकाले लाइसेन्स तथा अन्य अनुमती इजाजत उपलब्ध गराउने सुझाब दिइएको छ।

