२०८२ फाल्गुन २३ गते, शनिबार ०८:५३
  • कोषका कामु सदस्य सचिवलाई प्रश्न: लुम्बिनीका विद्युतीय बस कहिले चल्छन्?

    “ढिलोमा दुई हप्ता भित्र टेण्डर आव्हान गछौं”

    लुम्बिनी-बुद्ध जन्मस्थल लुम्बिनीमा ५ वर्ष देखी विद्युतीय बस र भ्यान अलपत्र अवस्थामा छन्। सुरुमा विद्युतीय सवारी सेतो नम्बर प्लेटमा थिए। सेतो नम्बर प्लेटमा भाडा लिएर चलाउन नपाइने भन्दै ति सवारी चलाइएको थिएन।

    सेतो नम्बर प्लेटलाई हरियोमा परिवर्तन गर्ने कानून नभएको भनेर बस सञ्चालन प्रक्रिया अलमलिएको थियो। पछि अदालतमा मुद्दा पर्यो। उच्च अदनलत तुल्सीपुर बुटवल इजालसले विद्युतीय सवारी साधनलाई हरियो नम्बर प्लेटमा परिवर्तन गरेर सञ्चालन गर्न परमादेश जारी गरेको थियो। एक महिना भित्र उक्त सवारीसाधनहरुलाई हरियो प्लेटमा परिवर्तन गरि पर्यटन प्रायोजनको लागि सञ्चालनमा ल्याउनुपर्ने अदालतको आदेशमा उल्लेख छ।तर आदेश आएको ७ महिना भन्दा बढि हुँदा पनि लुम्बिनीका विद्युतीय बस सञ्चालन हुन सकेका छैनन्।

    हामीले लुम्बिनी विकास कोषका कायम मुकायम सदस्य सचिव ज्ञानीन राईलाई विद्युतीय कहिले चल्छन् भनेर सोधेका छौं ?

    यस्तो छ जवाफ ”अदालतले हरियो प्लेट गर्न आदेश दिइसकेको छ। हामीले सबै हरियो नम्बर प्लेट गरिसकेका छौं। अब हामी यो हप्ता अथवा ढिलोमा दुई हप्ता भित्र टेण्डर आह्वान गछौं। अहिले टेण्डर डकुमेन्ट तयार गर्ने काम भइरहेको छ। डा. हरिध्वज राइको संयोजकत्वमा आन्तरिक समिति बनाएर सार्वजनिक खरिद ऐन अनुसार डकुमेन्ट तयार हुँदैछ। सकेसम्म हामी चाँडै खुल्ला प्रतिस्प्रधाको लागि आह्वान गछौं। यसमा यातायात क्षेत्रको प्रोफेशनल टिम आओस् भन्ने हाम्रो चाहाना छ। विद्युतीय बस छिटो चलाउन हामी पनि एकदम चिन्तीत छौं।”