२०८२ फाल्गुन २३ गते, शनिबार १३:००
  • वेस्टर्न मेगा कलेजमा बिएचएम अभिमुखीकरण कार्यक्रम

    बुटवल- बुटवल १५ मा रहेको वेस्टर्न मेगा कलेजमा नयाँ विद्यार्थीहरूका लागि शैक्षिक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको मुख्य सत्रमा होटल सेण्ट्रल प्लाजा, कोहलपुरका जनरल म्यानेजर राजेश फुयालले आतिथ्य उद्योगका वर्तमान प्रवृत्ति, आवश्यक व्यावहारिक सीप, नेतृत्व क्षमता तथा करियर विकासका अवसरबारे मनोरन्जनात्मक ढंगले प्रस्तुति दिएका थिए। उनले बि एच एम को नेपालमै मनग्य आम्दानी हुने थुप्रै अवसर रहेको र प्रोएक्टिभ भै शिप सिकेमा कोहि विद्यार्थी रोजगारबिहिन हुन नपर्ने जानकारी दिए।

    कार्यक्रममा कलेजका प्राचार्य अधिबक्ता किशु शर्माले विद्यार्थीहरूलाई लक्ष्य उन्मुख, अनुशासित र जिम्मेवार भएर शैक्षिक यात्रामा अघि बढ्न प्रेरित गर्दै कलेजको शैक्षिक प्रतिबद्धता र भविष्यका योजनाबारे प्रकाश पारे। उनले प्रत्येक व्यक्तीले श्रमिक सोच नभई नेतृत्वदायी सोच राखेमा जुनसुकै क्षेत्रमा पनि सफल रहने कुरा व्यक्त गरे। उनले वेस्टर्न मेगा कलेजले पाठ्यक्रम साथै थुप्रैअतिरिक्त कार्यक्रमहरु चाइनिज, जापानिज, फ्रेन्च जस्ता विभिन्न देश का भाषा, व्यक्तित्व बिकास तालिम , इन्टरनेसनल टुर लगायात अन्य कार्यक्रम गराइने जानकारी दिए। साथै वेस्टर्न मेगा कलेजमा बीएचएम तथा एमबीए ग्राजुएटहरु कोहि पनि बेरोजगार नरहने यदि कोहि कसैलाई जागिरको आवश्यकता परेमा कलेजले जागिर व्यवस्थापनमा सहजीकरण गरिदिने समेत प्रदिबद्धता ब्यक्त गरे।

    कार्यक्रमा स्वागत गर्दै कलेजका शिक्षक विष्णु न्यौपानेले बीएचएम कार्यक्रमको शैक्षिक सम्भावना, उद्योगगत अवसर र विद्यार्थीहरूको कर्तव्यबारे मार्गदर्शन गरेका थिए । उनले वेस्टर्न मेगा कलेजमा अध्ययन गरि सोहि कलेजमा अध्यापन गराइरहदा आफु सफल र अत्यन्तै खुसि भएको सुनाए।

    कलेजका परीक्षा संयोजक प्रेम पोख्रेलले बीएचएम कार्यक्रमअन्तर्गतको शैक्षिक पाठ्यक्रम, परीक्षा प्रक्रिया, मूल्यांकन विधि तथा विद्यार्थी आचारसंहिताबारे विस्तृत रूपमा जानकारी गराए। कार्यक्रममा कलेजका शिक्षक कविराज गिरिलेले धन्यवाद ज्ञापन र शिक्षिका कल्पना न्यौपानेले सञ्चालन गरेका थिए।

    बि एच एम तथा एम बि ए अध्यापन गराइरहेको यस वेस्टर्न मेगा कलेजले विद्यार्थी केन्द्रित शिक्षण, अधिगम प्रक्रिया र उद्योगमा प्रयोगशील सीप विकासलाई प्राथमिकता दिंदै विभिन्न कार्यक्रमहरू निरन्तर आयोजना गर्दै आएको छ।