२०८२ फाल्गुन २३ गते, शनिबार १०:५५
  • मेरो पालामा यो गुरुयोजना सकिएर वृहत्तर लुम्बिनी गुरुयोजनाको काम सुरु हुन्छ (अन्तर्वार्ता)

    ‘विद्युतीय बसको सम्बन्धमा छिट्टै छलफल अगाडि बढाउँछु’

    दीपक श्रेष्ठ
    सदस्य सचिव, लुम्बिनी विकास कोष  

    बुद्ध जन्मस्थल लुम्बिनी नेपालको प्रमुख पर्यटकीय गन्तव्य हो। लुम्बिनी र अन्य बुद्धस्थलको विकास र प्रवद्र्धन लागि मुख्य भूमिका खेल्ने संयन्त्र लुम्बिनी विकास कोषले हालै नयाँ सदस्य सचिव पाएको छ। नयाँ नियुक्त भइ हालै मात्र लुम्बिनी आएका कोषका सदस्य सचिव दीपक श्रेष्ठसँग हामीले संक्षित कुराकानी गरेका छौं ।

    यहाँ भरखर मात्र सदस्य सचिव भएर लुम्बिनी विकास कोषमा आउनुभएको छ। तपाईका प्राथमिकताहरु के के छन् ?
    पहिलो कुरा त लुम्बिनी ऐतिहासिक क्षेत्र हो। मुख्य पर्यटकीय गन्तव्य पनि हो। म यहाँ सदस्य सचिवको रुपमा आउँदाखेरी दुई तीन वटा कुराहरु देखेको छु । एउटा यसलाई कल्चरल ( सांस्कृतिक) रुपमा विकास गर्नुपर्छ। नेपालमा हिमाल चढ्न भन्दा सांस्कृतिक रुपमा धेरै पर्यटक आउँछन्। अर्को पूर्वाधारहरु बनाउनुपर्ने मैले देखेको छु। गुरुयोजना अन्तर्गत रहेर यहाँ धेरै पूर्वाधारहरु बनाउनुपर्छ। पर्यटकहरुलाई साँच्चीकै लुम्बिनी यस्तो पो रहिछ हामी नगइ हुँदैन भन्ने बनाउनुपर्छ। यो मुक्ती क्षेत्र हो त्यहाँ नगइ मुक्ती पाइन्न भन्ने सन्देश प्रवाह गर्नुपर्छ । त्यसखालको सौन्दर्य प्रदान गर्न जरुरी छ ।

    लुम्बिनीमा विद्युतीय बस लामो समयदेखी अलपत्र अवस्थामा छन्। यसलाई छिटै अगाडि बढाउनको लागि तपाईबाट के कस्तो पहल हुन्छ ?
    मैले त्यती धेरै बुझिसकेको छैन । तर विद्युतीय बस पर्यटकको लागि आएको हो। पर्यटकको बस सञ्चालनको लागि के गर्न सकिन्छ। यसबारे मैले छिटो भन्दा छिटो छलफल गरेर अगाडि बढाउँछु।

    लुम्बिनी विकास कोष अन्तर्गत यो बुद्ध जन्मस्थल मात्र छैन । रामग्राम, देवदह र बुद्धले २९ वर्ष विताएको तिलौराकोट लगायतका ठाउँ पनि छन्। लुम्बिनी बाहेक अन्य ठाउँ ओझेलमा छन् । ति ठाउँको प्रवद्र्धनको लागि के कस्तो पहल हुन्छ ?
    बृहत्तर लुम्बिनी गुरुयोजना अन्तर्गत यो तिलौराकोट रामग्राम देवदह पनि समेटिएको छ। हामी सबैलाई प्राथमिकतामा राखेर अघि बढ्छौं।

    लुम्बिनी गुरुयोजनालाई तिब्रता दिन यहाँको पहल के हुन्छ ?
    मेरो पालामा लुम्बिनी गुरुयोजना अन्तर्गतको काम सबै सकिन्छ। बृहत्तर गुरुयोजना पनि सुरु हुन्छ।