
लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा विहिवार विश्व शान्ति कार्यक्रम हुँदैछ। कार्यक्रममा विश्वका २५ अर्बपछि र विभिन्न क्षेत्रका विज्ञहरुको सहभागीता हुँदैछ। कार्यक्रममा सहभागी हुन कतिपय बिदेशी पाहुना लुम्बिनी आइसकेका छन् ।
अद प्रमिस्ड ल्याण्ड फाउण्डेशनको मुख्य आयोजनामा हुन लागेको कार्यक्रममा नेपालसहित संयुक्त राष्ट्र संघका सांस्कृतिक राजदूत, अन्तर्राष्ट्रिय व्यापारिक नेता, विद्वान, कलाकार, युवा र सामुदायिक प्रतिनिधिहरूको सहभागीता रहने छ।
तीन दिनसम्म चल्ने यस कार्यक्रममा शान्ति, जलवायु, विकास, आन्तरिक कल्याण र सामाजिक न्यायमाथि संवाद, व्यावहारिक शान्ति निर्माण र दैनिक नेतृत्व सम्बन्धी युवा र समुदाय(केन्द्रित सत्रहरू, महिला, आदिवासी समुदाय र सीमान्तकृत आवाजहरूका सवालमा बहस, रचनात्मकताको उपचार र एकताबद्ध शक्तिलाई उजागर गर्ने सांस्कृतिक प्रदर्शन, संगीत र कलात्मक प्रदर्शनी चल्ने छ।
यो कार्यक्रमले लुम्बिनी र आसपासको आर्थिक उन्नतीमा दिर्घकालिन प्रभाव पार्ने बताए। कार्यक्रममा सहभागी हुन आएका पाहुनाहरुसँग उद्योगी व्यवसायीको सहकार्यको वातावरण बन्ने उल्लेख गरे।

