२०८२ फाल्गुन २३ गते, शनिबार १०:५४
  • लुम्बिनी विकास कोषको २०८२/८३ को बजेट पारित, अस्थायी दरबन्दी स्विकृत

    काठमाडौं– लुम्बिनी विकास कोषको चालु आर्थिक वर्षको आन्तरिक बजेट पारित भएको छ। बैठकले आर्थिक वर्ष २०८२/८३ को लागि १७ करोड बराबरको आन्तरिक बजेट पारित गरेको कोषका सदस्य सचिव दीपक श्रेष्ठले जानकारी दिए।

    संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री तथा लुम्बिनी विकास कोषका अध्यक्ष अनिलकुमार सिन्हाको आइतबार मन्त्रालयमा परिषद बैठक बसेको थियो। भदौ २३ र २४ को आन्दोलनपछि नयाँ सरकार गठन भएपनि केही समय पर्यटन मन्त्री नियुक्त नहुँदा कोषको बजेट पारित हुन ढिलाइ भएको थियो।

    बैठकले कोषको अस्थायी दरबन्दी स्विकृत गरेको छ। सेवा करारका रहेका कोषका कर्मचारीलाई थप एक वर्ष करारमा राख्न अस्थायी दरबन्दी स्विकृत गरिएको हो।