
काठमाडौं -सन २०२५ मा ११ लाख ५८ हजार ४५९ पर्यटक नेपाल आएका छन्। यो अघिल्लो वर्षको तुलनामा झण्डै ११ हजारले मात्र बढि हो। सन् २०२४ मा ११ लाख ४७ हजार ५४८ पर्यटक नेपाल आएका थिए।
तर अहिलेको पर्यटक आगमनमा कोभिड अघिको वर्षको लक्ष्य भने भेटिएको छैन। २०१९ मा कुल ११ लाख ९७ हजार १९१ पर्यटक आएका थिए।
२०२५ मा भित्रिएका मध्ये सबैभन्दा बढि भारतबाट २ लाख ९२ हजार ४३८ जना रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ। दोस्रोमा अमेरिकाबाट १ लाख १२ हजार ३१६, तेस्रोमा चिनबाट ९५ हजार ४८० पर्यटक नेपाल आएका छन्। त्यसैगरि संयुक्त अधिराज्यबाट ५८ हजार ६८४, बंगालादेशबाट ५७ हजार ५४५ विदेशी पर्यटक नेपाल आएका छन्।

