
लुम्बिनी– थाइल्याण्डको राजपरिवारकी सदस्य सिनेनाथ पिलास्कल्यानीले बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेकी छन्। उनले आज मायादेवी मन्दिरमा पुगी पूजाआजा र ध्यान गरेकी थिइन्। सिनेनाथ थाइल्याण्डका राजा महावजिरालङकोर्नकी श्रीमती हुन् । भारतको बोधगया, कुशिनगर भ्रमण गरि विहिवार उनी बेलहिया हुँदै लुम्बिनी लुम्बिनी स्थित रोयल थाइ विहारका संयोजक राजन खड्काले बताए ।
विहिवार साँझ उनले थाइ विहारमा पूजाआजा गरेकी थिइन्। उनी ७० सदस्यीय टोलीको नेतृत्व गर्दै यहाँ आएकी हुन्। सिनेनाथ शुक्रबारै भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर जहाजमा थाइल्याण्ड फर्किने कार्यक्रम छ।

