गौतम बुद्ध विमानस्थलमा अलपत्र बस केही दिनमा पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढी पठाइने

भैरहवा – ५ वर्ष भन्दा बढि समयदेखी घाम पानी खाएर अलपत्र परेका विद्युतीय बस बुद्ध जन्मस्थल लुम्बिनीबाट विदा भइसकेका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले लुम्बिनीमै चलाउन निर्देशन दिएपनि यी बस अब लुम्बिनीमा नचल्ने भएका हुन्।
संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको निर्णयपछि लुम्बिनी विकास कोषले पाँचवटै विद्युतीय बस नेपाल नागरिक उड्यन प्राधिकरणलाई हस्तान्तरण गरिसकेको छ। जस अनुसार विद्युतीय बसलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर राखिएको छ। विमानस्थलका महाप्रबन्धक श्यामकिशोर शाहले विद्युतीय बस प्राधिकरणलाई प्राप्त भएको जानकारी दिए। उताबाट हस्तान्तरण भयो। बस हामीलाई जिम्मा लगाउनुभयो। हामीले ल्याएर यहाँ राखेका छौं। उनले भने।
शुक्रबार आकस्मीक अभ्यास कार्यक्रममा विमानस्थल भित्र २ वटा विद्युतीय बस चलाइएको थियो। लुम्बिनीमा नचलेका विद्यतीय बस अब देशका अरु विमानस्थलमा पठाइने छ। जस अनुसार पोखरामा २ वटा सुर्खेत, नेपालगञ्ज र धनगढीमा एक एकवटा बस पठाइने विमानस्थलका निमित्त महाप्रबन्धक श्याम किशोर शाहले जानकारी दिए। तर आँफूहरुले २ वटा बस भैरहवा एयरर्पोटमै सञ्चालन गर्न दिन प्राधिकरणको प्रधान कार्यालय र मन्त्रालयलाई अनुरोध गरेको उनले सुनाए।

