२०८३ बैशाख ३० गते, बुधबार १७:०८
  • लुम्बिनी विकास कोषका कुनै पदमा जान चहानुहुन्छ? रोष्टरमा यसरी सूचीकृत हुनुहोस्

    लुम्बिनी-सरकारले अध्यादेश ल्याएपछि रिक्त भएको लुम्बिनी विकास कोषको उपाध्यक्ष, कोषाध्यक्ष, सदस्य सचिव र परिषद सदस्यहरुको पदपूर्तिको प्रक्रिया सुरु भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले कोषसँगै मातहतका १७ वटा निकायहरुमा हुने नियुक्ती तथा मनोनयनको लागि रोष्टर सूचीमा सूचिकृत हुन आवहान गरेको छ।

    जस अनुसार लुम्बिनी विकास कोषको रिक्त पदहरुका लागि पनि रोष्टर सूचिमा सूचिकृत हुनुपर्ने छ। सूचीकृत हुन गुगल फर्म मार्फत आफ्नो विवरण भरेर पेश गर्नुपर्ने हुन्छ। मन्त्रालयले जारी गरेको सूचनामा गुगल फर्मको लिंक र क्युआर कोड राखीएको छ।

    फाराम लिङ्क: यहाँ क्लिक गर्नुहोस

    त्यसमा क्लिक अर्थात स्कान गरेपछि विवरण भर्नको लागि फम देखिन्छ। सुरुमा मन्त्रालय मातहतका आवदेन दिने १७ सांस्थाहरुको सूची देखापर्छ। लुम्बिनी विकास कोष लेखेको ठाउँमा टिक लगाइ अर्को लेखेको ठाउँमा क्लिक गनुूहोस्।
    त्यसपछि निकायहरुको पदहरु देखिन्छ। लुम्बिनी विकास कोषको उपाध्यक्ष, कोषाध्यक्ष, सदस्य सचिव वा परिषद सदस्य मध्ये जुन पदमा इच्छुक हुनुहुन्छ त्यसमा टिक लगाउनुहोस्। कोष र अरु निकायका पदमा पनि आवेदन दिन चाहेमा एकैपटक अरु पदमा पनि टिक लगाउन सकिन्छ।

    टिक लगाइसकेपछि त्यस भन्दा तल तपाईको नामथर, लिंग जन्ममिति, स्थायी ठेगाना, सम्पर्क नम्बर लेख्नुहोस् । अन्तिममा पिडिएफ फम्र्याटमा आफ्नो बायोडाटा अपलोड गरेर पेश गर्न सक्नुहुन्छ। आवेदकले आगामी जेठ ६ गतेसम्म रोष्टर सूचीमा सुचिकृत हुन सक्ने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ। रोष्टरको सूची संकलन गरिसकेपछि सम्बन्धीत पदको लागि प्रस्तुती र अन्तर्वाताको लागि आवहान गरिने मन्त्रालयका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए।